अस्थायी शिक्षकमाथि प्रहरी हस्तक्षेप, ३ को गिरफ्तारी २० घाइते
भदौ २० । अस्थायी शिक्षकहरुले दोस्रो चरणको आन्दोलन अन्तर्गत आज काठमाडौमा निकालिएको शान्तिपूर्ण जुलुसमा प्रहरीले हस्तक्षेप गरेको छ ।
प्रहरीले हस्तक्षेप गरेर महासचिव कुमोद कर्ण सहित गोपाल खत्री र ओम खतिवडालाई गिरफ्तार समेत गरेको छ ।
त्यस्तै शान्तिवाटिकाबाट भन्द्रकाली शान्तिपूर्ण ख्याली गर्दै जाँदा प्रहरी उनीहरुलाई गिरफ्तार गरेका र लाठी चार्ज गरेर २० जना अस्थायी शिक्षकका केन्द्रिय सदस्य घाईते बनाएको संघर्ष समितिले जनाएको छ ।
सरकारले २०६३ बैशाख १० गते अस्थायी शिक्षकलाई विस्थापित गर्ने गरि विभिन्न निर्णय गरेको बिरोधमा उनीहरुले काठमाण्डौ केन्द्रित संर्घषका कार्यक्रम तयार गरेका छन् ।

प्रकाशित मिति:
September 05, 2013