माओवादी मोर्चाद्धारा भारतीय २ वटा गाडीमाथि तोडफोड
असोज १९ । नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले कैलालीको धनगढीमा भारतीय नम्बर प्लेटको २ वटा गाडीमाथि तोडफोड गरेको छ ।
राष्ट्रियता र सार्वभौमतामाथि ठाडो हस्तक्षेप भएको भन्दै सरकारलाई मागपत्र बुझाएको मोर्चाले सरकारले विदेशी हस्तक्षेपबारे चासो नदेखाए भारतीय नम्बर प्लेटका गाडी गुड्न नदिने यसअघि नै घोषणा गरेको थियो ।
धनगढीमा शनिबार भारतीय नम्बर प्लेटका दुई गाडी रोक्न खोज्दा प्रहरीले बलजफती अगाडि बढाउन खोजेपछि तोडफोड गरेको मोर्चाले जनाएको छ ।
औषधी, पेट्रोलियम पदार्थ र ग्याँस भने भारतीय नम्बर प्लेटको गाडीबाट पनि निर्वाध रुपमा आउन दिने मोर्चाको भनाई छ ।

प्रकाशित मिति:
October 05, 2013