धारिलो हतियारबाट कैलालीमा चौधरी दम्पतीको हत्या
असोज १९ । कैलालीको थापापुर गाउँ विकास समिति-४ मोहनपुरमा शुक्रबारराति एक दम्पतीको हत्या भएको छ ।
पचास वर्षीय खुसीराम चौधरी र उनकी श्रीमती फुलरानी चौधरीलाई धारिलो हतियार प्रहार गरी हत्या गरिएको इलाका प्रहरी कार्यालय भजनीका प्रहरी निरीक्षक लालबहादुर साउदले बताउनुभयो ।
चौधरी दम्पतीको घाँटी र टाउकामा धारिलो हतियार प्रहार गरिएको देखिएको उहाँले बताउनुभयो । चौधरीका एक मात्र छोरा कञ्चनपुरको महेन्द्रनगर काम गर्न गएको बेला यो घटना भएको छ । स्थानीयवासीको खवरपछि घटनास्थल पुगेको प्रहरीले अनुसन्धानका लागि तीनजनालाई नियन्त्रण लिएको छ । रासस

प्रकाशित मिति:
October 05, 2013