मंसिर चारको निर्वाचन कुनै तागतले रोक्दैन : खनाल
असोज २० । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले आगामी मंसिर चारमा हुने संविधानसभाको निर्वाचन कसैको कुनै तागतले नरोकिने बताएका छन् ।
आइतबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै खनालले निर्वाचन कुनै हालतमा कुनै तागतले पनि रोक्न नसक्ने बताए । अध्यक्ष खनालले मंसिर चारमा हुने संविधानसभाको निर्वाचनमा उम्मेदवार र मतदाता दुवै पक्षका लागि सरकारले कडा सुरक्षा योजना ल्याउनु पर्ने समेत बताएका छन् ।
खनालले सुरक्षाको व्यवस्था चुस्त राख्नका निम्ति सरकार सँग आग्रह समेत गरेका छन् ।
देशको राजनीतिक अस्तिरताको अन्त्य र नयाँ नेपाल निर्माणका लागि मंसिर चारको निर्वाचन अत्यन्तै आवश्यक भएको समेत बताए । खनालले सामान्य घटनाले समेत मंसिमा हुने निर्वाचनलाई असर नगर्ने बताए ।
खनालले निर्वाचनको सुनिस्चितताका लागि बाराका एमाले उम्मेदवार मोहमद आलमलाई गोली प्रहार गर्नेलाई तत्काल कडा कारबाही गर्नुपर्ने माग समेत सरकार समक्ष राखेका छन् ।

प्रकाशित मिति:
October 06, 2013