राष्ट्रिय निकुञ्जमा गैंडाको खाग तस्करीका गिरोह पक्राउ
असोज । चितवन राष्ट्रिय निकुञ्जले गैंडाको खाग चोरी तस्करीको आरोपमा १४ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र निकुञ्ज सुरक्षार्थ खटिएको नन्द बक्स गणको सहयोगमा मोस्ट वान्टेडको सूचीमा रहेका बुद्धिबहादुर प्रजासहित १४ जनालाई पक्राउ गरेको निकुञ्जले बताएको छ ।
पक्राउ पर्नेमा मोस्ट वान्टेट सूचीमा रहेका चितवन खैरहनी–४ का बुद्धिबहादुर चेपाङ, काठमाडौंका नोरसाङ लामा, चितवनको भण्डारा–६ का वीरबहादुर चेपाङ, सोही स्थानका डिल्लीबहादुर चेपाङ, दामु चेपाङ, गोरखा सामागाउँ घरभई काठमाडौं बौद्ध बस्ने डिढी लामा,पर्सा जिल्ला मधुवन मथोल–४ का गोपालहजार दुसाद छन् ।
त्यसैगरी निकुञ्जले चितवनको कोराक–८ का राजु चेपाङ, सोही स्थानका रमेश चेपाङ, रामकुमार चेपाङ, चितवनको मेघौली– ३ का दुर्गा कुमाल, मेघौली ४ का दधिराम दराई, गोरखा सामागाउँ घरभई काठमाडौंको स्वयम्भू बस्ने नुर्पु छेदेन लामा, गोरखा गाउँ परोक घरभई काठमाडौं बस्ने हिटिन लामालाई पक्राउ गरिएको छ।
यिनीहरु निकुञ्जको सुरु गरेको विषेश अप्रेसन अवधिमा पक्राउ परेका हुन । यस्तै खाग काट्ने, गोली हान्ने, योजना बनाउने, भारतवाट हतियार खरिद गरी ल्याउनेलगायत कार्यमा सम्लग्न रहेको निकुञ्जले जनाएको छ ।

प्रकाशित मिति:
October 05, 2013