निर्वाचनमा पैसाको खोलो
कात्तिक १२ । आसन्न निर्वाचनमा पैसाको खोलो नै बग्ने देखिएको छ । चुनाव जित्न सक्ने ठाउँमा ४०–५० लाख खर्च गर्न सभाषदहरु तयार देखिएका छन् । त्यति मात्रै होइन शक्तिशाली उम्मेदवारले एक्लै पाँच–सात करोड रुपैयाँ खर्च गर्ने अनुमान गरिएको छ ।
संविधानसभामा प्रत्यक्षतर्फ एक सय २८ र समानुपतिकमा एक सय २२ दल चुनावी मैदानमा छन् । प्रत्यक्षतर्फ ६ हजार एक सय ४७ र समानुपातिकतर्फ ११ हजार जति उम्मेदवार छन्।
पार्टीको संस्थागत र व्यक्तिगत खर्च जोड्ने हो भने प्रमुख तीन दलले करिव तीनदेखि पाँच अर्ब रकम खर्च गर्ने अनुमान गरिएको छ ।
निर्वाचन आयोगले तोकेको सिमाभित्र खर्च गर्दा पनि प्रमुख तीन दल एमाओवादी, नेपाली कांग्रेस र एमालेले ८२ करोड पाँच लाख रुपैयाँ खर्च गर्नेछन् । तर दलहरुको खर्च आयोगको सिमाभन्दा धेरै बढी हुने स्रोतको भनाई उदृत गर्दै नयाँ पत्रिकाले खबर छापेको छ ।
प्रकाशित मिति:
October 29, 2013