आर्थिक प्रतिवेदन नबुझाउँदा नेपाल क्रिकेट संघलाई ८३ लाख जरिवाना
काठमाडौं, ३१ असोज
अन्तराष्ट्रिय क्रिकेट परिषद आइसीसीले नेपाल क्रिकेट संघ क्यानलाई ८४ हजार अमेरिकी डलर अर्थात झण्डै ८३ लाख नेपाली रुपैंया जरिवाना गरेको छ । नेपाल क्रिकेट संघ क्यानले बुझाउनु पर्ने चौमासिक आर्थिक प्रतिवेदन नबुझाएपछि आइसीसीले क्यानलाई यति ठूलो रकम जरिवाना गरेको हो ।
क्यानले सन् २०१२ को अन्तिम चौमासिक प्रतिवेदन र २०१३ को पहिलो चौमासिक प्रतिवेदन समयमै नबुझाएपछि आइसीसीले झण्डै दुई महिना अगाडि कारवाही गर्ने चेतावनी पत्र पठाएको थियो । क्यानले समयमै आर्थिक प्रतिवेदन नबुझाएको भन्दै एसियाली क्रिकेट परिषद एसीसीले क्यानलाई कारवाही गर्न आइसीसी समक्ष पत्राचार गरेको थियो ।
क्यानमा एमाओवादी केन्द्रिय सदस्य टंक आङबुहाङ अध्यक्ष रहेका छन् ।
प्रकाशित मिति:
October 17, 2013