प्रचण्डद्वारा ठाडै हटाइए श्रवण यादव
कात्तिक १० । बागी उम्मेदवारी फिर्ता नलिएपछि एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको ठाडो निर्देशनमा पार्टी केन्द्रीय सदस्य जगकुमार बरबरीया यादव (श्रवण यादव) पार्टीबाट हटाइएका छन् ।
श्रवण यादवको राम्रो पकड भएको क्षेत्र धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा एमालेबाट प्रवेश गरेका रामचन्द्रलाई उठाएपछि उनले झाकै विरुद्धमा मनोनयन दर्ता गराएका थिए ।
मनोनयन दर्तापछि पार्टीले उनलाई उम्मेदवारी फिर्ता लिन गरेको आग्रहलाई यादवले अस्वीकार गरेपछि पार्टीलाई चुनौती दिएको भन्दै कुनै बैठक नै नबसी अध्यक्ष दाहालले उनलाई पार्टीबाट हटाएका हुन् ।
अध्यक्ष दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा समस्याको समाधान गर्न पार्टीको तर्फबाट श्रवणलाई केन्द्रीय कार्यालयमा बोलाएर छलफल गरी मनोनयन फिर्ता गर्ने सुहमति भए पनि मनोनयन फिर्ता लिनुको सट्टा अनुशासन र सहमति उल्लंघन गर्दै पार्टीलाई नै चुनौती दिने काम गरेकाले पार्टीको सम्पूर्ण जिम्मेवारीका साथै साधारण सदस्य समेत नरहने गरि निस्कासन गरिएको उल्लेख छ ।
पार्टीबाट निस्काशित यादवले भने एमाओवादीमा आङ्खनो अहिलेसम्मकै त्याग तपस्या र योगदानलाई जिल्लाभरी नै समर्थन रहेका दाबी गरेका छन् । उनले आङ्खनो मनोनयन फिर्ता नहुने र आफूपछि पनि नहट्ने अठोट पनि गरेका छन् ।
पार्टीले नवप्रवेशीलाई स्थान दिएर जनयुद्ध लडेका तथा पार्टीमा महत्वपूर्ण योगदान दिएकालाई बेवास्ता गरेकाले आफूले उम्मेदवारी दिन बाध्य भएको यादवको भनाइ छ । पार्टीले पराजित हुने गरी नवप्रवेशीलाई उम्मेदवारमा उठायो, उसलाई कसैले पनि चाहेनन् पार्टी नहारोस् भनेर मैले मनोनयन दर्ता गराएको ह“’ु, उनले भने, ‘घुमन्ते र रैथानेमा धेरै फरक हुन्छ म कही“पछि हट्दिन ।’
सहिद, बेपत्ता तथा घाइते परिवारहरूको प्रतिनिधित्वका लागि पनि आफूले उम्मेदवारी दिएको भन्दै यादवले घुमन्ते तथा नवप्रवेशीलाई उम्मेदवार बनाएर पार्टीले भूल गरेको समेत जिकिर गरेका छन् ।

प्रकाशित मिति:
October 27, 2013