माधब नेपाल भन्छन् - 'ओबामालाई योग सिकाउँ'

काठमाडौं , १ कार्तिक , एमाले नेता माधबकुमार नेपालले अमेरिकी राष्ट्रपति बाराक ओबामाको योग प्रति रुचि भएकाले नेपालीहरुले ओबामालाई योग सिकाउनु पर्ने धारण राखेका छन् ।
काठमाडौँमा जारी योगविज्ञान शिविरमा बोल्दै उनले यस्तो धारणा राखेका हुन ।अहिलेको संसार भरिनै योगको महत्व रहेको भन्दै उनले योग शिविरलाई अमेरिकामा पनि पु¥याउनु पर्ने बताए ।
काठमाडौँमा जारी योगविज्ञान शिविरमा बोल्दै उनले यस्तो धारणा राखेका हुन ।अहिलेको संसार भरिनै योगको महत्व रहेको भन्दै उनले योग शिविरलाई अमेरिकामा पनि पु¥याउनु पर्ने बताए ।
आफूसँगको भेटमा ओबामाले योगबारे चासो राखेको जानकारी दिए । आफूले ओबामालाई पटक–पटक भेट्ने अवसर पाएकोमा गौरवान्वित हुँदै उनले , आफू प्रधानमन्त्री भएका बेला जलवायु परिवर्तन समबन्धी कोपनहेगनमा भएको सम्मेलनमा गएका बेला ओबामाले आफूलाई चिनेको र कुराकानी गरेको देखेर अन्य देशका राष्ट्र प्रमुख समेत चकित परेको भनी निकै बखान समेत गरेका थिए ।
प्रकाशित मिति:
October 18, 2014