प्रचण्डलाई एमाले काङ्गेसका नेताले सोधे“साँच्चै विद्रोह गर्ने हो ?”

सिंहदरबारमा शनिबार विहान बसेको बैठकमा नेकपा एमालेका उपाध्यक्ष भीम रावल र काङ्गेस महामन्त्री कृण सिटौलाले के साच्चै उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक छाडेर बिद्रोहमा जान सक्ने प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै त्यसको आशय के हो ? भनी केरकार गरेका थिए । उनिहरुको प्रश्न पछि प्रचण्डले आफूले अहिले नै विद्रोहमा गइहाल्ने कुरा नगरेको जवाफ दिए ।
‘विगतका सहमति कार्यान्वयन भएनन् भने शान्तिपूर्ण विद्रोहको विकल्प छैन भनेको हुँ,’ रावललाई स्पष्टीकरण दिँदै बैठकमा प्रचण्डले भने- ‘मैले विद्रोह शान्तिपूर्ण भनेको हुँ । कांग्रेस र एमालेले सहमति कार्यान्वयन नगरे शान्तिपूर्ण विद्रोहको विकल्प नरहेको प्रचण्डले स्पष्ट पारे ।
उच्च स्तरीय राजनीतिक संयन्त्रको प्रमुख पद छाड्ने भनेको कारण प्रष्ट्याउँदै प्रचण्डले तीन दलको बैठकमा भने मजदुर किसानको हित र संयन्त्रमध्ये केलाई रोज्छस् भन्ने सवालमा
आफूले मजदुर किसानको सवाललाई नभई राजनीतिक संयन्त्रको संयोजक नै छाड्ने कुरा गरेको स्पष्टोक्ति दिए । बैठकमा संविधानका विवादित विषयमा सहमति गर्ने समय थप्न सभामुखसँग छलफल निर्णय भएको थियो ।
प्रकाशित मिति:
October 17, 2014