जन्ती बोकेको जिप दुर्घटनामा चौध घाइते
धुर्कोट् (गुल्मी), कार्तिक १
गुल्मीको वामीमा जन्ती सवार जिप बिहीबार राति दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।
बागलुङको रिघाबाट वामीमा दुलही लिन आएको ग१ज ५०३८ नम्बरको जिप वामी–२ र ३ को बीचमा राति आठ बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा जिपचालक ३० वर्षीय टेकबहादुर श्रीश, रिघा निवासी बाटुली आचार्य र रिघाकै ७६ वर्षीय शशिधर सापकोटा गम्भीर घाइते भएका निमित्त जिल्ला प्रहरी प्रमुख राजेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए ।
घाइतेहरूको वामी उपस्वास्थ्य चौकीमा उपचार भइरहेको जनाइएको छ । जिप सडकबाट करिब सय मिटर तल खसेको बताइएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन । रासस
प्रकाशित मिति:
October 18, 2013