नेपाली राष्ट्रिय क्रिक्रेट टोली अभ्यास खेलका लागी भारतमा
कार्तिक ३ । नेपाली राष्ट्रिय क्रिक्रेट टोली हाई पर्फमेन्स प्रोग्राम अनुसार वैदेशीक अभ्यासका लागी भारत गएका छन् ।
नेपाली क्रिक्रेट टोलीले आगामी कात्तिक २९ मा युएईमा हुन गइरहेको ट्वान्टी-ट्वान्टी विश्वकप छनोट प्रतियोगिता र साथै न्युजील्याण्डमा हुने वान-डे विश्वकप छनौट प्रतियोगिताको पुर्ब सन्धामा नेपाली राष्ट्रिय क्रिकेट टोली अभ्यासका लागी भारत गएका हुन् । ।
टोलीले भारतमा रहदाँ फिरोज शाह कोट्ला मैदानमा दिल्ली डिस्ट्रिक क्रिकेट एशोसिएसन संग ३ मैत्रिपुर्ण खेल खेल्नेछ भने २ खेल रेल्वे टीम संग र २ खेल स्थानीय क्लवसँग खेल्ने बताइएको छ ।
नेपाली राष्ट्रिय क्रिक्रेट टोली १० दिन सम्ममा भारतमा रहने छ ।
प्रकाशित मिति:
October 20, 2013