नेकपा–माओवादीद्धारा गोरखा बन्दको घोषणा
कात्तिक १२ । आसन्न संविधानसभाको निर्वाचन ससक्त बहिस्कार गर्ने घोषणा गरेको नेकपा–माओवादी गोरखाले यहि कात्तिक १५ गते गोरखा जिल्लामा यातायात बन्दको घोषणा गरेको छ ।
निवार्चन प्रचार–प्रसारका लागि प्रमुख चार दलका शिर्ष नेताहरु जाने जिल्ला बन्द गर्ने पार्टीको घोषित कार्यक्रम अन्र्तगत १५ गते एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा आउने भएपछि माओबादीले गोरखा बन्दको घोषणा गरको हो ।
पत्रकार सम्मेलनमा बोल्दै माओबादी जिल्ला सेक्रेटरी नारायण अधिकारी निस्चलले नेकपा–माओबादीले निरन्तर क्रान्तिको नेतृत्व गरिरहेको उल्लेख गर्दै यतिवेला नेपालको राष्ट्रिय स्वाधिनता गम्भिर खतरमा परेकाले बाह्य शक्तिको गुरुयोजनामा नेपाली जनताले प्राप्त गरेका अधिकारहरुलाई कथित निर्वाचनवाट समाप्त पारी देशमा निरंकुसता लाद्ने षडयन्त्र भइरहेको बताए ।
पत्रकार सम्मेलन मार्फत जारी बिज्ञप्तीमा माओबादीले कथित संविधान सभाको दोस्रो निर्वाचन मार्फत भारतिय विस्तारबादीहरुले नेपाललाई सिक्किमीकरण गर्नका लागि सविधानसभाको निर्वाचन मार्फत आफ्ना दलालहरुको कथित बहुमत पु¥याउने षडयन्त्र गरिएको दाबी गरिएको छ । बिज्ञप्तीमा भनिएको छ “भारत संविधान सभाको निर्वाचन मार्फत आफ्ना दलालहरुको बहुमत पु¥याएर नेपाल आफुले चाहेका सन्धिसम्झौता गर्न चाहान्छ ।’ जारी बिज्ञप्तीमा माओवादीले आफ्नो पार्टीको नेतृत्वमा रहेको ३३ दलिय मोर्चाले वार्ता र संवादमार्फत गम्भिर भएर पटक–पटक राजनीतिक सहमतीका लागि प्रयास गरेपनि दलहरुले देशलाई निकास दिनुको साटो उल्टै सेना परिचालन गरि भिषण जनदमनको तयारी गरेकाले सर्घषलाई घनिभुत पारेर अगाडी बढाउनु वाहेको आफुहरुसंग कुनै बिकल्प नभएको पनि उल्लेख गरिएको छ ।
जिल्ला सेक्रेटरी निश्चलद्धारा हस्ताक्षरित बिज्ञप्तीमा माओबादीले कम्युनिस्ट क्रान्तिकारी आन्दोलन र बलिदानको ऐतिहासीक विरासत बोकेको गोरखामा कुनैपनि प्रतिगामी हर्कत हुन नदिनका आवहा्न गर्दै बन्द सफल पार्न सहयोगका लागि सबै संग अपिल समेत गरेको छ ।
प्रकाशित मिति:
October 29, 2013