प्रचण्डकै अगाडी एमाओवादीका कार्यकर्ताद्धारा पत्रिकामा हमाला
कात्तिक १२ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै अगाडी उनका कार्यकर्ताले समाचारका विषयलाई लिएर एक दैनिक पत्रिकामा आक्रमण छन् ।
काठमाडौको निर्वाचन क्षेत्र नं १० मा चुनावी अभियानमा रहेका एमाओवादी कार्यकर्ताले नेपालभाषाको एक मात्र दैनिक पत्रिका 'झिगु स्वनिगः' च्यातेका छन् ।
उक्त पत्रिकामा हतियार नभएकाले एमाओवादी हार्दैछ भन्ने केपी ओलीको भाषण समाचार, कार्यकर्तालाई प्रतिकार गर्न दिएको निर्देशन तथा हिजो नेकपा माओवादी किर्तिपुरमा प्रहरी छापामा एमाओवादीकै निर्देशन रहेको स्रोत उदृत गर्दै छापिएको थियो ।
पत्रिका स्रोतले भने एमाओवादीका पक्षमा समाचार नलेखेको र उनले काठमाडौं क्षेत्र नम्बर १० मा हार्ने सम्भावना बढ्दै गएपछि एमाओवादीले आफ्नो पक्षमा समाचार नलेख्ने सञ्चारमाध्यममाथि आक्रमण गरेको जनाएको छ ।
नेवाः राज्यको लागि नेवार जातिको राजनीतिक सचेतना जगाउने झिगु स्वनिगः राष्ट्रिय दैनिक काठमाडौ र आसपासका आठ जिल्लाका नेवारहरुको लोकप्रिय पत्रिकाका रुपमा लिने गरिन्छ । उक्त पत्रिकाको प्रभाव नेवार समुदायमा निक्कै ठूलो छ । कीर्तिपुर काठमाडौका रैथाने नेवारहरुको वाहुल्य क्षेत्र भएकाले दाहाललाई अप्ठ्यारो पर्न सक्ने भन्दै पत्रिका च्यातिएको दाबी पत्रिका प्रमुख संवाददाता उमेश महर्जनको छ ।
चुनावी अभियान सुरु भएपछि जिम्मेवार राजनीतिक दलका कार्यकर्ताहरुले मिडियामाथि आक्रमण गरेको यो पहिलो घटना हो ।
नेपालको अन्तरिम संविधान र एमाओवादी घोषणापत्रले समेत प्रेश स्वतन्त्रता प्रति प्रतिवद्धता जनाएपनि एमाओवादीले चुनावको मुखैमा मिडियामाथि आक्रमण गरेको हो ।
उक्त घटनाको विभिन्न संघसंस्थाले विज्ञप्ति जारी गरेर विरोध गरेका छन् ।
प्रकाशित मिति:
October 29, 2013