ट्विटर जम्मा गर्न चाहन्छ शेयरबाट '१ अर्ब डलर'
असोज । स्टक एक्सचेन्ज न्यूयोर्क कि नास्डाकमा सूचीकृत नै नभए पनि समाजिक सञ्जाल ट्वीटरले शेयर बजारबाट १ अर्ब डलर रकम उठाउने योजना ल्याएको छ ।
७ वर्षअघि स्थापना भएको ट्वीटर यो वर्षको पहिलो ६ महिनामा ६.९ करोड घाटामा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
७ वर्षअघि स्थापना भएको ट्वीटर यो वर्षको पहिलो ६ महिनामा ६.९ करोड घाटामा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
यो अवधीमा कम्पनीको आय २५.४ करोड डलर थियो ।
कम्पनीले नाफा नकमाएपनि उसको आयमा भने लगातार बृद्धि भइरहेको बताइएको छ ।
अमेरिकी अनुगमनकर्तालाई पठाएको एक पत्रमा ट्वीटरले आफ्नो २१.८ करोड प्रयोगकर्ता रहेको र दैनिक ५० करोड ट्वीट हुने बताएको छ ।
प्रकाशित मिति:
October 06, 2013