पूर्वसभामुख नै भन्छन्, 'रेग्मीले राजीनामा दिनुपर्छ'
असोज २० । नेकपा एमाले नेता सुभाष नेम्वाङले नेकपा–माओवादी सहितका दललाई बाहिर राखेर निर्वाचन सफल नहुने बताएका छन् ।
उनको पार्टी एमाले नै चुनावमा होमिईसकेको अवस्थामा पूर्वसभामुख समेत रहेका नेम्वाङले भने राष्ट्रिय सहमतिको लागि मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधिश पदबाट राजिनामा दिनुपर्ने समेत बताए ।
इलाममा आयोजित एक कार्यक्रममा उनले नेकपा–माओवादी सहितका असन्तुष्ट दलहरु चुनावमा सहभागी हुन्छन् भने मन्त्रिपरिषद अध्यक्षले तत्काल प्रधानन्यायाधीश पदबाट राजिनामा दिएर सहमतिको बाटो खोलिदिनुपर्ने पनि बताए ।
कार्यक्रममा उनले रेग्मीलाई प्रधानन्यायाधिश पदबाट राजिनामा गराउन एमालेले दवाव दिन नसकेको पनि औल्याएका छन् ।

प्रकाशित मिति:
October 06, 2013