विवादित अभिव्यक्तिका कारण प्रधानसेनापति अप्ठ्यारोमा
असोज २० । साताव्यापी भारत भ्रमणका क्रममा प्रधानसेनापति गौरव शमशेर जबराले भारतीय मिडियासँग दिएको अभिव्यक्तिका कारण नेपाली सेना अप्ठ्यारोमा परेको छ ।
भारतीय मिडियासँग चीनसँगको राजनीतिक टिकाटिप्पणी समेत गरेपछि नेपाली सेना तथा प्रधानसेनापति विवादित बनेका हुन् ।
उक्त कुरो भारतीय मिडियाले बाहिर ल्याएपछि जबराले केही दिनअघि टाइम्स अफ इन्डियालाई दिएको अन्तर्वार्ता ‘तथ्यहीन र भ्रामक’ भएको नेपाली सेनाले विज्ञप्तिमार्फत खण्डन समेत गर्नु परेको छ ।
विज्ञप्तिमा केही सञ्चार माध्यमहरूमा प्रधानसेनापति राणाले नेपाल र छिमेकी मुलुकहरूको सुरक्षा र त्योसँग सम्बन्धित विषयबस्तुमा टिकाटिप्पणी गर्दै अन्तर्वार्ता दिएको भन्ने समाचार तथ्यहीन र भ्रामक भएको जानकारी गराएको छ।
राणाले सञ्चार जगतलाई कुनै किसिमको औपचारिक अन्तर्वाता नदिएको हुँदा उक्त टिकाटिप्पणी आफैंमा अप्रासङ्गिक तवरले संप्रेषण गरेको देखिएको भनेर विज्ञप्तिमा उल्लेख गरेपनि अन्तरवार्ता पनि औपचारिक र अनौपचारिक हुन्छ र भनेर समेत आलोचना गर्ने गरिएको छ ।
स्रोतका अनुसार प्रधानसेनापतिले अनौपचारिक भेटघाटका क्रममा पत्रकारसँग सोधिएको प्रश्नमा प्रधानसेनापतिले उक्त कुरा भनेको र भारतीय मिडियाले खबर छापेका हुन् ।
तर, उनको टिप्पणीपछि भारतीय सेनाका पुर्व जेनेरल एवं नेपाल मामलाका जानकार अशोक मेहताले बहालवाला प्रधानसेनापतिले यसरी राजनीतिक कुरा गर्दै हिडेको भन्दै कडा आलोचना गरेका छन् ।
टाइम्स अफ इण्डियाको अनलाइन संस्करणमा छापिएको प्रधानसेनापतिको भनार्इमा राणाले चीनियाँ पक्षबाट हुने कुनै पनि आक्रमणलाई प्रतिकार गर्न भारत सक्षम रहेको समेत भनेको उल्लेख छ ।

प्रकाशित मिति:
October 06, 2013