काँग्रेस नेतालाई कार्यकर्ताद्वारा जुत्ताको माला
राजेन्द्र न्यौपाने
मंसिर १ । गोरखा निर्वाचन क्षेत्र नं. २ स्थित पालुङ्टारमा नेपाली काँग्रेस गोरखाले गरेको जनसभा कार्यक्रममा सो गाविसका गाउँ पार्टी सभापति झपेन्द्र थापा सहितको टोलीले पूर्व सभासद पूर्व मन्त्री, नेपाली काँग्रेस केन्द्रीय सदस्य कमला पन्तलाई शुक्रबार जुत्ताको माला र कालोमोसो लगाईदिएका छन् ।
थापा सहित तारा थापा, पुरुषोत्तम वगाले, अमिर अधिकारी, भरत बगालेको टोलीले नेपाली काँग्रेस जिन्दावाद, कमला पन्त मुर्दावाद भन्दै नारावाजी गरेका थिए ।
यस क्षेत्रबाट निर्वाचन जितेर सभासद बनेकी काँग्रेस नेतृ कमला पन्त्लाई गोरखाको ठाँटी पोखरी वडा नं. ९ मा आयोजित कार्यक्रम कार्यक्रमका अध्यक्ष समेत रहेका थापा सहितको टोलीले कार्यक्रमको प्रमुख अतिथि रहेकी पन्तलाई उनकै कार्यकर्ताले थोत्रा जुत्ता र चप्पल सिएर बनाएको माला लगाई दिएका हुन ।
पालुङ्टार गाविस भवनका नजिकै गरिएको कार्यक्रममा १०÷१२ जनाको समूहमा आएका पालुङ्टारका नेपाली काँग्रेस सभापति सहितको टोलीमा रहेका तारा थापाले भने हामीले २०५६ सालमा मत दिएर जिताएपनि १५ वषपछि गाउँ फर्केर आएकाले जुत्ताको माला लगाउनु परेको बताए । कमला पन्तले निर्वाचन जितेर गएपछि यस क्षेत्रका विकास र यहाँका जनताको समस्यामा साथ नदिएको नेपाली काँग्रेसका अर्का नेता भरत वगालेले बताए ।
यस बारेमा नेपाली काँग्रेस गोरखा प्रवक्ता एवं पार्टीका सह–सचिव कृष्ण बहादुर आलेले आफू बाहिर भएकोले जानकारी नभएको बताए । नेपाली काँग्रेस पार्टी कार्यालयमा रहेको फोनमा कुरा गर्दा प्रेस युनियनका सचिव अर्जुनविलास पन्तले पालुङ्टार घटनाको समाचार नलेख्न सुझाव दिए ।
पालुङटारका प्रहरी निरीक्षक द्वारिका प्रसाद घिमिरेले कार्यक्रम पालुङटारमा भएको र कमला पन्त कार्यक्रम आएको बताए । नेपाली काँग्रेस पालुङ्टार गाविस र क्षेत्र तथा जिल्ला भरीका नेताहरु भएको कार्यक्रममा काँग्रेसबीच झडपको स्थिति आएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिएको थियो । कार्यक्रम पालुङ्टार गाविस भवन नजिकै रहेको चौरमा भएको थियो ।

प्रकाशित मिति:
November 16, 2013