विपक्षीलाई निर्वाचनमा सहभागी नगराउनु दुखद : महानायक
मंसिर १ । महानायक राजेश हमालले नेकपा माओवादी लगायत विपक्षीलाई निर्वाचनमा सहभागी नगराउनु दुःखद भएको जनाएका छन् ।
राजधानीमा आयोजित एक कार्यक्रममा हमालले असन्तुष्ट पक्षलाई बाहिर राखेर चुनाव हुनुलाई दुखद भनेका छन् ।
‘एउटा पक्ष चुनावको विपक्षमा देखिएको छ, यो राम्रो होइन ।' कार्यक्रममा उनले भने- 'यस्तो प्रक्रियाले लोकतान्त्रिक मुलुकको प्रतिनिधित्व गर्दैन ।'
पहिलो संविधान सभाको चुनाव जस्तै यो हर्षोल्लासको रुपमा नहुने भन्दै उनले नि मुलुकलाई अगाडी बढाउन चुनाव गराउनुपर्नेमा जोड भने दिएका छन् ।
पहिलो संविधान सभाको चुनावमा समावेशी प्रतिनिधित्व भएको भन्दै संविधान सभा विघटन हुनु नै गलत भएको तर्क गर्दै हमालले राम्रो र सक्षम व्यक्तिलाई चुन्न समेत आग्रह गरेका छन् ।

प्रकाशित मिति:
November 16, 2013