माओवादी निषेधित क्षेत्रमा एमाओवादी प्रचार टोलि प्रवेश गर्न सकेन
दिप बहादुर घर्ति/जाजरकोट
मंसिर । जगतिपुर १ मा एमाओवादी क्षेत्र नं. १ को शनिबार आयोजित अन्तिम चुनावी प्रचार कार्यक्रमलाई अवरोध गर्न नेकपा माओवादीले शुक्रबार रातिदेखि प्रवेश निषेधित क्षेत्र घोषणा गरे पछि त्यस क्षेत्रमा प्रचार टोली प्रवेश नै नगरि फर्किन बाध्य भएको छ ।
निषेधित क्षेत्रमा जबरजस्ती प्रवेश गर्दा दुई टोली बिच झडप हुने सम्भावना देखिए पछि प्रचार टोली फर्किएको हो ।
चुनाव प्रचारको अन्तिम कार्यक्रम जगतिपुरमा गर्न थालिएको थाहा पाए पछि नेकपा–माओवादीले जगतिपुरको १, २ र ५ वडालाई राति देखि नै निषेधित क्षेत्र घोषणा गरेका थिए ।
ठाउँ–ठाउँमा प्रवेश निषेधित क्षेत्र लेखिएका प्लेकार्ड, कालो झण्डा गाडेर माओवादीले निषेधित क्षेत्र घोषणा गरेका थिए ।
एमाओवादी टोली जगतिपुरको कुदुवाट विहानको खाना खान १ नं वडामा पुग्ने योजना भएतापनि साँदिविसाउँ सम्म आएर अगाडि बढ्न नसकि ४ नं. वडा हुदै खलंगातिर फर्किएको बताइएको छ ।
यस बिषयमा एमाओवादी जाजरकोटले भने कुनै प्रतिक्रिया जनाएको छैन ।

प्रकाशित मिति:
November 17, 2013