चुनावी निहुँमा हातहतियारलाई नै एक अर्ब आठ करोड
मंसिर २ । चुनावको निहुँमा हातहतियारका लागि मात्रै एक अर्ब आठ करोड रुपैयाँ बराबर दिने सरकारले निर्णय गरेको छ ।
चुनावपछि नेकपा–माओवादीले गड्बढी गर्न सक्ने भन्दै सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई एक अर्ब आठ करोड रूपैयाँ बराबरको हतियार र गोलीगठ्ठा खरिद गर्न दिने निर्णय गरेको हो ।
अर्थ मन्त्रालयले गृह मन्त्रालयमार्फत नेपाल प्रहरी र सशस्त्र प्रहरीका लागि रकम निकासाको पत्र पठाईसकेको छ ।
नेपाल प्रहरीका लागि मात्र एक अर्ब २ करोडको पत्र गएको छ भने सशस्त्रका लागि ६ करोड रूपैयाँ छुट्टाइएको पत्रमा उल्लेख रहेको स्रोतको दाबी गर्दै अन्नपूर्णले खबर छापेको छ ।
प्रकाशित मिति:
November 17, 2013