सम्पूर्ण घटनाको खनलायक नै प्रचण्ड : वैद्य, सर्वोच्चको आदेश नमान्ने स्पष्टोक्ति
कात्तिक २९ । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य किरणले एमाओवादी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड अहिलेको सबैभन्दा प्रमुख खलनायक भएको बताएका छन् ।
प्रचण्डले इतिहासमा ठूलो अपराध गरेको भन्दै उनले अहिलेको देशको परिस्थिति निम्त्याउने प्रमुख खलनायक नै प्रचण्ड भएको दाबी समेत गरेका छन् ।
प्रचण्ड अहिले मानसिक रुपमा पराजित भएको र अपराधबोधले थिचिएको महसुस गरिरहेको भन्दै अध्यक्ष वैद्यले उनलाई आफ्नो पार्टीले मार्न लागेको भन्ने कुरा झुटो भएको समेत स्पष्ट पारे ।
पार्टी कार्यालयमा शुक्रबार पार्टी अध्यक्ष मोहन वैद्यले पत्रकार सम्मेलन गरेर माओवादी अध्यक्ष वैद्यले सर्वोच्चको आदेश नमान्ने स्पष्ट समेत पारेका छन् ।
अदालतको स्वतन्त्रता र गरिमा नै समाप्त भईसकेको भन्दै अध्यक्ष वैद्यले उसको आदेशको कुनै अर्थ नै नभएको दाबी समेत गरे ।
कार्यक्रममा बोल्दै अध्यक्ष वैद्यले सर्वोच्च अदालत जनताको अदालत नै नभएको आरोप समेत लगाएका छन् ।
हामी स्वतन्त्रता अदालतको पक्षमा छौं पत्रकार सम्मेलनमा उनले भने, वास्तवमा भन्ने हो भने यो जनताको अदालत नै होइन । सर्वोच्च जनताको अदालत नभएको भन्दै अदालत आफ्नै तरिकाले अघि बढ्ने र आफूहरु आफ्नै तरिकाले अघि बढ्ने समेत उनले बताएका छन् ।
प्रधानमन्त्री र न्यायापालिका प्रमख शक्ति पृथकीकरण सिद्धान्तविपरित एउटै व्यक्ति भएको भन्दै मन्त्रीपरिषद अध्यक्ष खिलराज रेग्मी विरुद्ध परेका एक दर्जन भन्दा बढी मुद्धाको पेसी सारेर स्वयं अदालतले आफ्नो निष्पक्षतामा प्रश्न उठाएको र गरिमा समाप्त पारेको समेत जनाएका छन् ।
उही व्यक्ति सर्वोच्च अदालतको न्यायाधिश भएको र उही व्यक्ति कार्यपालिकाको प्रमुख भएर दमनमा उत्रिएको भन्दै कार्यपालिका र न्यायपालिका एउटै व्यक्तिमा रहेकाले पनि जनताका सम्पूर्ण अधिकारहरु समाप्त पारिएको समेत उनले जिकिर गरेका छन् ।
बन्दका क्रममा माओवादी तथा ३३ दलका देशभरबाट डेढ सय बढी नेता तथा कार्यकर्ता गिरफ्तार गरिएको भन्दै तत्काल रिहाई गर्न उनले माग समेत गरेका छन् ।
माओवादीले सर्वोच्च अदालतले पठाएको अन्तरिम आदेश फिर्ता समेत पठाईदिएको बुझिएको छ । बन्द फिर्ता गर्न भन्दै अदालतले पठाएको सर्वोच्चको आदेशलाई माओवादीले बुझ्दै नबुझि फिर्ता पठाईदिएको हो ।
माओवादी पार्टी कार्यालय बुद्धनगरमा शुक्रबार आदेश बोकेर आएका सर्वोच्चका कर्मचारीलाई आदेश नै नबुझि फिर्ता पठाईदिएको थियो ।
प्रकाशित मिति:
November 15, 2013