रामेछापमा स्वस्थ्यकर्मी पक्राउ
संगठनको कामको सिलसिलामा खिम्तिबजार पुगेको थापालाई पक्राउ गरेको भन्दै महासंघका केन्द्रीय सह–संयोजक डम्बर रावलले शुक्रबार एक विज्ञाप्ती जारी गरी घोर भत्सार्ना गर्दै तुरुन्त रिहाईको माग गरेका छन् ।
“शान्तिपूर्ण रुपमा संगठनको काममा रहेका हाम्रो संगठनका जिम्मेवार नेतालाई परेका पक्रउप्रति हाम्रो ध्यानाकर्षण भएको छ, यसले संविधानले दिएको अधिकारको गम्भीर उलंघन राज्यपक्षबाटै भएको छ” विज्ञाप्तीमा भनिएको छ । नागरिक अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै थापालाई तत्काल रिहाई गर्न सहसंयोजक रावलद्वारा जारी विज्ञाप्तीमा माग गरिएको छ ।
प्रकाशित मिति:
November 15, 2013