हरिवंश आचार्यले मनाए ५६ औं जन्मदिन
काठमाडौं । चर्चित हास्य कलाकार हरिवंश आचार्यले आफ्नो ५६ औं जन्मदिन मनाएका छन् ।
हास्य अभिनेता आचार्यले जन्मदिनको अवसरमा बुधबार श्रीमती रमिलाका साथ केक काटेर खुसी मनाएका थिए ।
उनको जन्मदिन मनाउन हास्य अभिनेता दिपकराज गिरी, दिपाश्री निरौला, शिवहरि पौडेल, आरपी भट्टराईलगायत कलाकारहरु सहभागी भएका थिए ।
महजोडिका रुपमा परिचत हरिवंशका जोडि मदनकृष्ण भने श्रीमतीको उपचारका लागि दिल्लीमा भएकाले यो खुसियालिमा सहभागि हुन पाएनन् ।
हरिवंशद्धारा लिखित चिना हराएको मान्छे पुस्तकको बिक्रिबाट उनी पछिल्लो पटक निक्कै चर्चामा छन् । उनले सयौं नाटक, टेलिफिल्म तथा केहि चलचित्रहरुमापनि काम गरिसकेका छन् ।
अभिनय, लेखन, निर्देशन, निर्माणजस्ता कलाकारिताका विधामा पनि सफल व्यक्तिको रुपमा चिनिने गर्दछन् ।
प्रकाशित मिति:
November 14, 2013