मत गणना रोक्न एमाओवादीको माग, नरोकिए संविधानसभामा सामेल नहुने चेतावनी
मंसिर । संविधानसभा दोस्रो निर्वाचन अन्तर्गत मत गणना जारी रहेकै बेला एमाओवादीले मत गणना कार्य स्थगित गर्न माग गरेको छ ।
एमाओवादीले निर्वाचनमा धादली भएको भन्दै मत गणना कार्य रोकेर समग्र प्रक्रियाको पुनरावलोकन र निष्पक्ष छानबिन गर्न माग समेत गरेको छ ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सबै प्रक्रियाको पुनरावलोकन गरेर मात्र निर्वाचनको प्रक्रियालाई अघि बढाउनुपर्ने भन्दै त्यसो नगरेको खण्डमा भने आफूहरु संविधानसभाबाटै अलग हुने चेतावनी समेत दिएका छन् ।
‘जनताको अभिमतलाई सम्मान गर्न भनेर निर्वाचनमा आएको हो’ पार्टी कार्यालय कोटेश्वरमा बिहीबार आयोजित पत्रकार सम्मेलनम दाहालले भने, ‘धाधली र षडयन्त्रलाई स्वीकार गर्न आएको होइन ।’
वर्तमान निर्वाचन प्रक्रियालाई स्थगन गरी समग्र प्रक्रियाको पुनरावलोकन र निष्पक्ष छानविन गरेर मात्र अगाडिको कदम निर्धारण गर्नुपर्ने भन्दै दाहालले सबैलाई गम्भीर बन्न पनि आग्रह गरे ।
‘अहिले निर्वाचनको सिलसिलामा देशव्यापी रुपमा योजनाबद्ध ढंगले दृश्य र अदृश्य धाँधलीका रुपहरु अपनाइएको, ठूलो मात्रामा आर्थिक चलखेलहरु भएको, मतपेटीकाहरु सार्ने क्रममा रहस्यमय हर्कतहरु भएको, सिल तोडिएका मतपेटीकाहरुलाई समेत स्वीकार्न पर्ने निर्देशन गरिएको बुझिन आयो, पत्रकार सम्मेलनमा दाहालले अगाडी थपे, ’मतगणनाको क्रममा अस्वभाविक ढंगले राखिएका मतपत्रहरुको संख्या र स्वरुप फेला परेको आदि घटनाले यो निर्वाचन प्रक्रिया जनताको अभिमत र अपेक्षा विपरित धाधलीपूर्ण र षड्यन्त्रमूलक रहेको स्पष्ट भएको छ ।‘
दाहालले आफ्नो पार्टी संविधानसभाको सबै प्रक्रियामा सहभागी नभए पनि विगतमा भएका समझदारी र सहमति अनुसार शान्तिपूर्ण र लोकतान्त्रिक विधिद्वारा राज्यको अग्रगामी पुर्नसंरचना गर्न सबै राजनीतिक पक्षसँग वार्ता र सहकार्यको प्रक्रिया भने जारी नै रहने जनाएको छ ।
पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुको जिज्ञासा मेटाउदै दाहालले वैद्यको लाइन कि आफ्नो ठिक भन्ने आफ्नो पार्टीको केन्द्रिय समितिको बैठक बसेर टुंगोमा छलफल गरिने समेत जनाए ।
मंगलबार संविधानसभाको मतदान सम्पन्न भएपछि बुधबार बिहानबाट देशका विभिन्न मत गणना कार्य सुरु भएको थियो । बुधबार बेलुकी देशभरको सय भन्दा बढी क्षेत्रको मत गणना भईरहंदा प्रारम्भिक नजितामा उपत्यकाका १५ क्षेत्रसहित देशभर नै एमाओवादी तेस्रो स्थानमा परेपछि उसले राती नै मत गणना रोक्नुपर्ने भन्दै उठेको थियो ।
देशभरी नै बिहीबार भने एमाओवादीका कोही पनि प्रतिनिधि मत गणना स्थलमा प्रक्रियाबाटै बाहिरिएको भन्दै सहभागी नभए पनि मत गणना कार्य भने जारी नै रहेको छ ।

प्रकाशित मिति:
November 21, 2013