के छ त प्रचण्डको गोप्य अडियोमा 'निर्देशन' ?
मंसिर ३ । निर्वाचनको मुखैमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक प्रशिक्षणमा दिएको गोप्य अडियो सार्वजनिक भएको छ ।
साम, दाम, दण्ड, भेद जे जे गरेर भएपनि चुनाव जित्न भन्दै निर्देशन दिएको उक्त गोप्य अडियो सार्वजनिक भएपछि त्यसले तहल्का नै पिटेको छ ।
आफू चुनाव उठेको काठमाडौं क्षेत्र नम्बर १० का एमाओवादी कार्यकर्तालाई जसरी पनि चुनाव जित्न भन्दै दिएको प्रशिक्षणको अडियो टेप युट्युबमार्फत सार्वजनिक भएको हो ।
अडियोमा दाहालले आफूहरुलाई हार्ने छुटै नभएको भन्दै आफूहरु हार्नु भनेको दुर्घटना तिर जानु भएको जनाएका छन् । आफू हारेमा सारा चिज बर्बाद हुने स्थिति फेरि आउने भन्दै उनले हरहालतमा जित्नै पर्छ भनेर निर्देशन दिएको सार्वजनिक अडियोमा उल्लेख छ ।
'यहाँ अहिले यो उम्मेदवार त्यो उम्मेदवार छोड्दिनुस, जो सुकै होस हाम्रो पार्टीले जित्नै पर्छ, हामीले जिताउँनै पर्छ । जितेनौँ भने बर्वाद हुन्छ' अडियोमा भनिएको छ, 'त्यसकारण अरू सबैकुरा छोडेर मैले भनेँ, र म फेरि दोहोर्याएर भन्छु – सबै कुरा छोडेर हामीले जित्नेमा मात्रै ध्यान दिनु पर्यो, ४ गते सम्म।'
यो कुरा विचार गर्नुहोला नेतृत्वका कमरेडहरू उनले भनेका छन्, 'साम, दाम, दण्ड, भेद जे जे गरेर हुन्छ जित्ने।' जित्नुपर्छ जे गरेर भए पनि जित्नुपर्छ। यसो भन्दा कतिपय आदर्शबादीहरूले जे गरेर पनि जित्ने भनेपछि पैसा बाँडेर पनि जित्नेरु पैसा भए देखि बाँडेर पनि जित्ने हो।
मैले त्यसो भन्ने गर्थेँ पहिला पनि। कसैले राँगो काट्ने, रक्सी बाँड्ने, अलिकति पैसा पनि बाँड्ने, मोटरसाइकल बाँड्ने के गर्ने के गर्ने गर्थे।
प्रचण्डले नेता तथा कार्यकर्तालाई निर्देशन दिँदै भनेका छन् 'सकिन्छ भने हामीले कब्जा गरेर जनतालाई यो तपाईँको हो यसको होइन भन्दिने हो।'
जुन अडियो यहाँ तल सुन्नुहोस्

प्रकाशित मिति:
November 18, 2013