• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » बिद्युत प्राधिकरणमा नियमविपरित लाखौ भत्ता
बिद्युत प्राधिकरणमा नियमविपरित लाखौ भत्ता

पुस ३ । अर्वौ घाटामा रहेको बिद्युत प्राधिकरणमा नियमविपरित लाखौ भत्ता बाड्दै आएको खुल्न आएको छ ।

वार्षिक करिव साढे चार अर्व घाटामा रहेको नेपाल प्राधिकरणको बैठकका नाममा नियमविपरित लाखौ रुपैयाँ भत्ता बाँड्दै आएको अन्नपूर्णमा खबर छापिएको छ ।

प्राधिकरण सञ्चालक समितिका सदस्य,कार्यकारी निर्देशक,उपकार्यकारी निर्देशक र निर्देशकहरु सम्मिलित विभिन्न समिति तथा उपसमितिको बैठकमा भत्तावापत यस्तो कार्य हुँदै आएको हो ।

जलबिद्युत आयोजना,प्रसारण,वितरण,उत्पादन,पदपुर्ति ,सीमापार प्रसारण लाइन बिल बिशेषज्ञ समितिलगायत सञ्चालक समितिले गठन गर्ने उपसमितिको बैठक देखाएर भत्ता पचाउने गरिएको स्रोतले बतायो ।

यस्ता समिति र उपसमितिका पदाधिकारीले भत्ता खान कार्यालय समयभित्र बैठक गर्ने तर माइन्युटमा कार्यालयसमयपछि बैठक बसेको लेख्ने गरेका छन् ।

प्रकाशित मिति: December 18, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
गृह पृष्ठ |