बिद्युत प्राधिकरणमा नियमविपरित लाखौ भत्ता
पुस ३ । अर्वौ घाटामा रहेको बिद्युत प्राधिकरणमा नियमविपरित लाखौ भत्ता बाड्दै आएको खुल्न आएको छ ।
वार्षिक करिव साढे चार अर्व घाटामा रहेको नेपाल प्राधिकरणको बैठकका नाममा नियमविपरित लाखौ रुपैयाँ भत्ता बाँड्दै आएको अन्नपूर्णमा खबर छापिएको छ ।
प्राधिकरण सञ्चालक समितिका सदस्य,कार्यकारी निर्देशक,उपकार्यकारी निर्देशक र निर्देशकहरु सम्मिलित विभिन्न समिति तथा उपसमितिको बैठकमा भत्तावापत यस्तो कार्य हुँदै आएको हो ।
जलबिद्युत आयोजना,प्रसारण,वितरण,उत्पादन,पदपुर्ति ,सीमापार प्रसारण लाइन बिल बिशेषज्ञ समितिलगायत सञ्चालक समितिले गठन गर्ने उपसमितिको बैठक देखाएर भत्ता पचाउने गरिएको स्रोतले बतायो ।
यस्ता समिति र उपसमितिका पदाधिकारीले भत्ता खान कार्यालय समयभित्र बैठक गर्ने तर माइन्युटमा कार्यालयसमयपछि बैठक बसेको लेख्ने गरेका छन् ।
प्रकाशित मिति:
December 18, 2013