चार किलो सुन सहित चालक पक्राउ
विरगन्ज, पुस ३ । चार किलो सुन सहित आज विहान प्रहरीले विरगंज नजिकैबाट एक रात्री बसका चालकलाई पक्राउ गरेको छ ।
अवैध ढंगले लुकाइ छिपाइ ल्याइएको अवस्थामा प्रहरीले उक्त परिमाणको सुन ठमाडौंबाट आएको ना ४ ख २५२४ नम्बरको रात्री बसका चालक दिनेश चौधरीको साथबाट वरामद गरेको
वीरगंज नजिकै अवस्थित गण्डक प्रहरी चौकीले पूर्व सूचनाका आधारमा बस रोकेर चेक जाँच गर्दा चालकबाट सुन बरामद भएको पर्सा प्रहरीले बताएको छ । प्रहरीले थप अनुसन्धान भइरहेको बताएको छ ।
प्रकाशित मिति:
December 18, 2013