• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
photo Gallary, World » एकै पटक १० बच्चाको जन्म
एकै पटक १० बच्चाको जन्म


काठमाडौं, ३ पुस । भारत मध्यप्रदेशको रिवा शहरमा एक महिलाले एकै पटकमा १० बच्चालाई जन्म दिएकी छिन् । तर ती बच्चाहरु जिवित रहन भने सकेनन् । यसलाई चिकित्सकहरुले चिकित्सा क्षेत्रमा अनौठो घटनाक्रमको रुपमा लिएका छन् ।

सञ्जय गान्धी मेमोरियल अस्पतालमा रेवा नगरकी २८ वर्षीया अन्जु कुशवाहाल दशवटा बच्चा जन्माएकी हुन् । अन्जुको विहे दश वर्षअघि भएपनि कुनै सन्तान भएका थिएनन् ।

चिकित्सकहरुले अत्यधिक गर्भ रहनका लागि अत्यधिक औषधीको प्रयोगका कारण यस्तो भएको हुन सक्ने अनुमान गरेका छन् ।

चार महिना अगाडि पेट दुखेपछि अञ्जुलाई उनका श्रीमान् सन्तोषले प्राथमिक स्वास्थ्य केन्द्रमा लगेका थिए । तर त्यहाँ नर्सले अर्को अस्पताल लैजान सुझाव दिएपछि जिल्ला अस्पतालमा लगिएको थियो । पछि जिल्ला अस्पतालका चिकित्सकहरुले उनलाई आवश्यक परीक्षण गरेर औषधी दिएर फकाएका थिए ।

अस्पतालबाट फर्केपछि पनि सुधार नभएपछि सन्तोषले अन्जुलाई जबलपुर अस्पताल पु¥याए । सो अस्पतालमा गर्भपरीक्षण गर्दा अञ्जुको पेटमा एक भन्दा बढी भ्रुण देखियो ।

चिकित्सकहरुले एउटा मात्रै भ्रुण जोगाएर अरु नष्ट गर्नुपर्ने बताएपनि श्रीमानले मानेनन् । उनले आइतबार राती अन्जुलाई सन्जय गान्धी अस्पताल लगे । जाँदाजाँदै अञ्जुले बाटोमै बच्चालाई जन्म दिइन् । ती बच्चा मात्र १२ हप्ताका थिए । अञ्जुको अवस्था गम्भीर छ । - एजेन्सी

प्रकाशित मिति: December 18, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • एयर एम्बुलेन्सबाट कांग्रेस नेता बास्तोलालाई दिल्ली लगिदैं
गृह पृष्ठ |