एकै पटक १० बच्चाको जन्म
काठमाडौं, ३ पुस । भारत मध्यप्रदेशको रिवा शहरमा एक महिलाले एकै पटकमा १० बच्चालाई जन्म दिएकी छिन् । तर ती बच्चाहरु जिवित रहन भने सकेनन् । यसलाई चिकित्सकहरुले चिकित्सा क्षेत्रमा अनौठो घटनाक्रमको रुपमा लिएका छन् ।
सञ्जय गान्धी मेमोरियल अस्पतालमा रेवा नगरकी २८ वर्षीया अन्जु कुशवाहाल दशवटा बच्चा जन्माएकी हुन् । अन्जुको विहे दश वर्षअघि भएपनि कुनै सन्तान भएका थिएनन् ।
चिकित्सकहरुले अत्यधिक गर्भ रहनका लागि अत्यधिक औषधीको प्रयोगका कारण यस्तो भएको हुन सक्ने अनुमान गरेका छन् ।
चार महिना अगाडि पेट दुखेपछि अञ्जुलाई उनका श्रीमान् सन्तोषले प्राथमिक स्वास्थ्य केन्द्रमा लगेका थिए । तर त्यहाँ नर्सले अर्को अस्पताल लैजान सुझाव दिएपछि जिल्ला अस्पतालमा लगिएको थियो । पछि जिल्ला अस्पतालका चिकित्सकहरुले उनलाई आवश्यक परीक्षण गरेर औषधी दिएर फकाएका थिए ।
अस्पतालबाट फर्केपछि पनि सुधार नभएपछि सन्तोषले अन्जुलाई जबलपुर अस्पताल पु¥याए । सो अस्पतालमा गर्भपरीक्षण गर्दा अञ्जुको पेटमा एक भन्दा बढी भ्रुण देखियो ।
चिकित्सकहरुले एउटा मात्रै भ्रुण जोगाएर अरु नष्ट गर्नुपर्ने बताएपनि श्रीमानले मानेनन् । उनले आइतबार राती अन्जुलाई सन्जय गान्धी अस्पताल लगे । जाँदाजाँदै अञ्जुले बाटोमै बच्चालाई जन्म दिइन् । ती बच्चा मात्र १२ हप्ताका थिए । अञ्जुको अवस्था गम्भीर छ । - एजेन्सी
प्रकाशित मिति:
December 18, 2013