नयाँ राष्ट्रपति हुनैपर्ने ओलीको अडान
काठमाडौं ३ पुस । नेकपा एमालेका नेता केपी शर्मा ओलीले मूलुकमा नयाँ राष्ट्रपति हुनु पर्ने बताएका छन् । उनले भने- 'हिजोको संविधानसभाले हिजोको राष्ट्रपति छान्यो, आजको संविधानसभाले अहिले राष्ट्रपति छान्छ ।'
संविधान र सरकार निर्माणको लागि दवाव दिने उद्देश्यले रिपोर्टर्स क्लब नेपालले सुरु गरेको अभियानका सदस्यहरुसँग कुरा गर्ने क्रममा उनले सो कुरा बताएका हुन् ।
सरकार निर्माणको सन्दर्भमा कुरा गर्दै नेता ओलीले सरकारको नेतृत्व लिन आफू र आफ्नो पार्टी तयार भएको समेत बताए ।
समानुपातिकको नाम बुझाउने समय अब थप्न नहुँनेमा उनले जोड दिए । नेता ओलीले थपे समानुपातिकको सूचि बुझाउने समय थप्नु भनेको प्रक्रिया लम्ब्याउनु मात्रै हो । म्याद थप्दैमा दलले पाएको सिट नबढ्ने उनको कथन थियो । ओलीले एमाओवादीले भने जस्तो स्वतन्त्र छानविन आयोग गठन नहुने त्यो संसदीय आयोग नै गठन हुने स्पष्ट पारे ।
एमाओवादीले भने- 'जस्तो आयोग संसदबाटै गठन हुन्छ । त्यो आयोगले दिएको सुझावको आधारमा भविष्यमा हुने चुनावमा त्यस्ता गल्ती कमजोरी सुधार्ने हो, अहिले केही हुँदैन ।'

प्रकाशित मिति:
December 18, 2013