भारतले भन्यो- 'वैद्य माओवादीलाई संविधानसभा बाहिर राख्न हुन्न'
पुस ३ । भारतिय विदेश मन्त्री सलमान खुर्सिदले वैद्य नेतृत्वको नेकपा माओवादीलाई संविधानसभा बाहिर राख्न नहुने धारणा सार्वजनिक गरेको छ ।
विदेश मन्त्री खुर्सिदले संविधानसभा बाहिर रहेका बैद्यलगायत महत्वपुर्ण राजनीतिक दलका नेताहरुलाई समानुपातिक वा मनोनयन पद्धतीबाट भए पनि संविधानसभाको प्रक्रियामा ल्याउनुपर्ने सुझाव दिएका छन् ।
नेपाली पत्रिकाका एक दर्जन सम्पादकसँग अन्तर्क्रियामा रहेका खुर्सिदले भारत सधैं स्थिर र सम्पन्न नेपालको चाहना राखेको धारणा दोहोर्याएको कान्तिपुरमा खबर छ ।
नेकपा–माओवादीसहितका केही दल हाल संविधानसभा प्रक्रियाबाट बाहिर रहेकोतर्फ संकेत गर्दै मन्त्री खुर्सिदले समानुपातिक नामावली तयारीको चरणमा यो सहभागितालाई ख्याल गर्न सुझाएको बताइएको छ ।
विदेशमन्त्री खुर्सिदले यो धारणा राखेलगत्तै विदेशसचिव सुजाता सिंहले पनि सबै दलको संविधानसभामा सहभागिता रहन सक्नुपर्ने विचार ब्यक्त गरेकी थिइन।
प्रकाशित मिति:
December 18, 2013