• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, photo Gallary » भारतले भन्यो- 'वैद्य माओवादीलाई संविधानसभा बाहिर राख्न हुन्न'
भारतले भन्यो- 'वैद्य माओवादीलाई संविधानसभा बाहिर राख्न हुन्न'

पुस ३ । भारतिय विदेश मन्त्री सलमान खुर्सिदले वैद्य नेतृत्वको नेकपा माओवादीलाई संविधानसभा बाहिर राख्न नहुने धारणा सार्वजनिक गरेको छ ।

विदेश मन्त्री खुर्सिदले संविधानसभा बाहिर रहेका बैद्यलगायत महत्वपुर्ण राजनीतिक दलका नेताहरुलाई समानुपातिक वा मनोनयन पद्धतीबाट भए पनि संविधानसभाको प्रक्रियामा ल्याउनुपर्ने सुझाव दिएका छन् ।

नेपाली पत्रिकाका एक दर्जन सम्पादकसँग अन्तर्क्रियामा रहेका खुर्सिदले भारत सधैं स्थिर र सम्पन्न नेपालको चाहना राखेको धारणा दोहोर्‍याएको कान्तिपुरमा खबर छ ।

नेकपा–माओवादीसहितका केही दल हाल संविधानसभा प्रक्रियाबाट बाहिर रहेकोतर्फ संकेत गर्दै मन्त्री खुर्सिदले समानुपातिक नामावली तयारीको चरणमा यो सहभागितालाई ख्याल गर्न सुझाएको बताइएको छ ।

विदेशमन्त्री खुर्सिदले यो धारणा राखेलगत्तै विदेशसचिव सुजाता सिंहले पनि सबै दलको संविधानसभामा सहभागिता रहन सक्नुपर्ने विचार ब्यक्त गरेकी थिइन।

प्रकाशित मिति: December 18, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • एयर एम्बुलेन्सबाट कांग्रेस नेता बास्तोलालाई दिल्ली लगिदैं
  • आजको राशिफल 15 January 2013
  • ट्रकबाट १ लाख १८ हजार लुटियो
गृह पृष्ठ |