नयाँ जनादेशलाई आत्मसात् गरेर राष्ट्रपति चयन गर्नुपर्ने : विष्ट
मङ्सिर २१ । नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा नवनिर्वचित संविधानसभा सदस्य गोकर्णराज विष्टले नयाँ जनादेशलाई आत्मसात् गरेर राष्ट्रपतिको चयन गर्नुपर्ने बताएका छन् ।
दोस्रो संविधानसभाबाट नयाँ जनादेश प्राप्त भएकाले अहिलेको जनादेशअनुसार राष्ट्रपति चयन गर्नु पर्ने नेता विष्टले बताए।
संविधान निर्माणका लागि एमालेले अधिकतम प्रयास गर्ने र सो प्रयास सफल हुन नसके विधि तथा प्रक्रियाबाट दुई तिहाइको आधारमा संविधान जारी हुनु पर्न उनको तर्क रहको थियो ।
निर्वाचन प्रक्रियामा भाग लिएपछि जनताको मतलाई अस्वीकार गर्न नपाइने बताउँदै उहाँले मत परिणामलाई स्वीकार गरेर संविधान निर्माण कार्यमा जुट्न एमाओवादीलाई आग्रह गरेका छन् । रासस
प्रकाशित मिति:
December 06, 2013