सिंगापुरमाथि शानदार जित सग्गै नेपाल फाइनलमा
मंसिर २१ । काठमाडौंमा भइरहको सगरमाथा सिमेन्ट जर्नी टु वर्ल्ड कप प्रतियोगितामा नेपाल फाइनलमा प्रवेश गरेको छ ।
नेपालले सिंगापुरलाई २२७ रनको ठुलो अन्तरले हराउँदै जर्नी टु वर्ल्डकप प्रतियोगिताको फाइनल यात्रामा पुगेको छ । नेपालले सिंगापुरलाई ३१४ रनको लक्ष्य दिएको थियो ।
त्रिबि खेल मैदान किर्तिपुरमा भएकाको खेलमा नेपालका लागि शरद भेषवाकरले सार्वधीक ४५ बलमा नटआउट रन ९१ रन बनाएका छन् । यस्तै सुवास खकुरेल ७५ ,अनिल मण्डल ५८ ,ज्ञानेन्द्र मल्लले ४८ रन बनाउन सफल भएका थिए ।
नेपाल र सिंगापुरबीच अहिले सम्म चार पटक आमने सामने भएका छन् ।जसमा अहिले सम्मका खेलमा नेपाल विजयी भएको छ ।
आजको खेलमा विजयी नेपाल भोली फाइनल खेल्नेछन् ।
प्रकाशित मिति:
December 06, 2013