• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » चिसोले कठ्याङ्ग्रिएर एकको मृत्यु
चिसोले कठ्याङ्ग्रिएर एकको मृत्यु

पुस २३  । पर्साको मधुवन मथवल गाविसमा जाडोले कठ्याङ्ग्रिएर एकजनाको ज्यान गएको छ ।

 मधुवन मथवल गाविस–४ का सुखन माझीको अत्यधिक चिसोका कारण कठ्याङ्ग्रिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय पोखरियाले जानकारी दिएको छ ।

सो गाविसअन्तर्गत पर्ने कोइलाभार साझेदारी वनबाट काठ दाउरा ल्याउन बन्द गरेपछि निम्नवर्गका जनता शीतलहरले प्रभावित भएका छन् ।

चिसोले कठ्याङ्ग्रिएर पर्सामा यस वर्षमात्रै दुईजनाको ज्यान गइसकेको जिल्ला प्रहरी कार्यालय पर्सा जनाएको छ ।

यसैबीच पर्साका सम्पूर्ण सामुदायिक विद्यालय आजदेखि १० दिनका लागि बन्द भएका छन् । शीतलहरसँगै बढेको अत्यधिक चिसोका कारण विद्यालय पनि प्रभावित भएकाले जिल्ला शिक्षा कार्यालयले सूचना जारी गरी पुस २३ देखि माघ २ गतेसम्म जिल्लाका सम्पूर्ण सामुदायिक विद्यालयमा जाडो बिदा दिने निर्णय गरिएको जिल्ला शिक्षा अधिकारी हरि वस्तीले  जानकारी दिएका छन् ।(रासस)

प्रकाशित मिति: January 08, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
गृह पृष्ठ |