सरकार स्थानीय निकायको निर्वाचनको तयारीमा छ : मन्त्री खड्का
२४ फागुन । सहरी विकास मन्त्री डा. नारायण खड्काले सरकारले स्थानीय निकायको निर्वाचन गर्न पहल सुरु गरिसकेको बताएका छन् ।
आज यहाँ धुलिखेल खानेपानी तथा उपभोक्ता सरसफाइ समितिको १४ औँ साधारणसभामा बोल्दै उहाँले स्थानीय निकायमा भएको रिक्तताले विकास निर्माणमा अवरोध गरेकाले विकास निर्माणलाई पूरा गर्नका लागि पनि निर्वाचन आवश्यक भएको कुरामा जोड दिए ।
मन्त्री खड्काले धुलिखेल खानेपानी आयोजना नमुनाको आयोजना रहेको उल्लेख गर्दै त्यसलाई ‘मिनरल प्रोजेक्ट’का रुपमा विकास गर्न पनि आग्रह गरे ।
सो अवसरमा सभासद् कञ्चनचन्द्र वादेले योजनालाई स्तरोन्नति गर्न आफूले पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सहरी विकास मन्त्रालयका सचिव किशोर थापा, संस्थाका पूर्व अध्यक्ष बेलप्रसाद श्रेष्ठलगायतले खानेपानीको आपूर्तिलाई अझै व्यवस्थित गर्नुपर्ने बताए । झन्डै एक हजार ८०० ग्राहक रहेको सो उपभोक्ता समितिले २३ वर्षअघिदेखि खानेपानीको क्षेत्रमा काम गर्दै आएको छ ।

प्रकाशित मिति:
March 08, 2014