एमालेलाई नेतृत्वको पिरलो, नेताहरु भन्छन्- 'सर्वसम्मत छान्छौ'
फागुन २२ ।

बुधबार सम्पन्न केन्द्रीय कमिटीको २६ औं बैठकको निर्णय सार्वजनिक गर्दै बिहिबार पार्टी कार्यालय बल्खुमा पत्रकार सम्मेलनमा अध्यक्ष खनालले यस्तो बताएका हुन् । पत्रकार सम्मेलनमा उनले स्थानीय निकायको निर्वाचनको मिति यथाशिघ्र घोषणा गर्न सरकारसँग माग गरे । १६ वर्षसम्म स्थानीय निकायको निर्वाचन नहुँदा देशको विकासमा गम्भीर असर परेको भन्दै खनालले स्थानीय निर्वाचनको मिति यथाशिघ्र घोषणा गर्न समेत माग गरे ।
‘मिति घोषणा गरिए हामी महाधिवेशनलाई पर सारेर स्थानीय निकायको निर्वाचनमा होमिन्छौँ,’ अध्यक्ष खनालले भने, ‘स्थानीय निकायको निर्वाचन जेठमा हुने भए हाम्रो पार्टीको महाधिवेशन पछि सार्न तयार छौं ।’ पत्रकार सम्मेलनमा बरिष्ठ नेता माधव कुमार नेपालले पनि सक्दो पहल सर्वसम्मतिकै लागि गरिने जानकारी दिए ।
सहमति हुन नसके प्यानल बनाएर चुनावबाटै नेतृत्व चयन गरिने उनको भनाई थियो । त्यसैगरी पत्रकार सम्मेलनमा टनकपुर भारतकै भू–भाग हो भनेर प्रधानमन्त्रीलाई उधृत गर्दै सार्वजनिक सञ्चार माध्यममा आएका अभिव्यक्ति प्रति केन्द्रीय कमिटीको गम्भीर ध्यानाकर्षण भएको जानकारी गराइएको थियो ।
‘नेपालको सीमा क्षेत्र र सीमा नदीसँग सम्बन्धित विषयमा प्रधानमन्त्रीको उक्त अभिव्यक्तिले विवाद जन्माएको छ,’ ‘पत्रकार सम्मेलन पछि जारी विज्ञप्तिमा भनिएको छ,’ ‘सम्बन्धमा सरकारको दृष्टिकोण स्पष्ट पार्न बैठकले आग्रह गरेको छ ।’ एमालेले आगामी जेठ २४ देखि ३१ गतेसम्म पार्टीको नवौँ महाधिवेशन मिति तोकेको छ ।
प्रकाशित मिति:
March 06, 2014