प्रचण्ड र बाबुराम भट्टराइलाई पक्राउ गरेर देखाउन माग
बैशाख १ । द्धन्द्धकालिन समयमा भएको घटना गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्याका आरोपीका परिवारले एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र डा. बाबुराम भट्टराइलाई पक्राउ गरेर देखाउन चेतावनी दिएका छन् ।
अधिकारी हत्याको आरोपमा सरकारी वकिलको कार्यालय चितवनले आइतबार १३ जना विरुद्ध मुद्दा दायर गरेपछि आरोपीका परिवारले सोमबार चितवनमा पत्ररकार सम्मेलन गरी यस्तो माग गरेका हुन् ।
अधिकारी जनयुद्धका क्रममा मारिएको भन्दै उनीहरुले युद्धको कमाण्ड गरेका दाहाल र भट्टराईलाई पक्रन चुनौती दिएका हुन् । झण्डै एक महिना प्रहरी हिरासतमा रहेर रिहा भएका अजिव पौडेलले आफूहरु राज्य र माओवादीको चपेटामा परेको दुखेसो गरे ।
उनले अधिकार हत्याको यथार्थ सार्वजनिक गर्न पनि माओवादी नेताहहरुलाई आग्रह गरेका छन् ।
प्रकाशित मिति:
April 14, 2014