अधिकारी हत्या आरोपमा पक्राउ परेका दुई जना धरौटीमा रिहा
बैशाख ४ । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्या आरोपमा पक्राउ परेका दुई माओवादी कार्यकर्तालाई जिल्ला अदालत चितवनले धरौटीमा छाड्न आदेश दिएको छ ।
दुई दिनको थुनछेक बसहपछि मुख्य न्यायाधीश विनोदमोहन आचार्यको बिहीवारको इजलासले भिमसेन पौडेललाई २७ हजार र छनिलाल पौडेललाई २० हजार धरौटीमा छाड्न आदेश दिएको हो ।
घटनाका अन्य ११ आरोपीको हकमा भने ७ दिने पक्राउ पूर्जी जारी गरेको छ । बहसका क्रममा वरिष्ठ अधिवक्ता एवं पूर्व महान्यायाधीवक्ता मुक्तिनारायण प्रधानसहितका कानुन व्यवसायीले मुद्दा खारेज गरी साधारण तारेखमा अभियुक्तको रिहाइ हुनुपर्ने माग गरेका थिए ।
वादीका तर्फबाट जिल्ला न्यायाधिवक्ता एकनारायण लम्सालले सर्वस्वसहित जन्मकैद मागको मुद्दाका अभियुक्तलाई थुनामा राखेर मुद्दा पुर्पक्ष गर्नुपर्ने माग गरका थिए ।
अधिकारीको हत्यामा संलग्न रहेको आरोपमा सरकारी वकिलको कार्यालयले १३ जनाविरुद्ध सर्वश्वसहित जन्मकैदको माग गरी जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।
प्रकाशित मिति:
April 17, 2014