राष्ट्रिय क्रिकेटर र क्यानबीचको विवाद मिल्यो
बैशाख ४ । नेपालीको सान र गरिमालाई नै उच्च बनाउँन योगदान गरेका क्रिकेटर नेपाल क्रिकेट संघ (क्यान) विवाद अन्त्य भएको छ ।
योजना बनाउने, अनुगमन गर्ने र कमी–कमजोरी हटाउने जस्ता तीनबुँदै समहमति पछि दुइबीचको विवाद अन्त्य भएकोे हो । योजना निर्माण र अनुगमन समिति बनाउनेसहित तीनबुँदे सहमति भएपछि राष्ट्रिय क्रिकेटर र नेपाल क्रिकेट संघबीचको बिबाद अन्त्य भएको क्रिकेट संघले जनाएको छ । राष्ट्रिय खेलकुद परिषद् सदस्य सचिव युवराज लामाको संयोजकत्वमा पाँच सदस्यीय अनुगमन समिति गठन गरिएको छ ।
समितिमा प्रशिक्षक पुवुद्धु दशानायके, राष्ट्रिय टोलीका कप्तान पारस खड्का, मन्त्रालय र क्यानका एक एक प्रतिनिधि रहने पनि संघले जनाएको छ । क्रिकेटरहरुले भने क्यान विघटनका लागि कानूनी समस्या भएकाले आफुहरु थप लचिलो भएको बताएका छन् । उनीहरुले क्यान विघटनको एजेण्डालाई प्रमुख रुपमा उठाउँदै आएका थिए । क्यान र खेलाडीबीचको सहमतिसँगै अब एसीसी एलिट कपका लागि नेपाली टोलीको घोषणा हुनेछ । एकदिवसीय राष्ट्रिय क्रिकेट खेलिरहेका र विश्वकप खेलेका १६ जनाबाट मिलाएर टोली घोषणा गर्ने तयारी भइरहेको छ ।
तलब भत्ता, नयाँ क्यानसहितको १० बुँदे माग राख्दै ट्वान्टी–ट्वान्टी विश्वकप खेलेका १६ खेलाडी विरोधमा उत्रिएका थिए । उनीहरुले काठमाडौं र पोखरामा जारी एकदिवसीय राष्ट्रिय क्रिकेट समेत खेलेका छैनन् ।
प्रकाशित मिति:
April 17, 2014