नायिका अनुष्का र क्रिकेटर विराट कोहलीको स्वयंभर शाहरु खानले गराए
बलिउड नायिका अनुष्का शर्मा र क्रिकेटर विराट कोहलीको सम्बन्धका विषयमा विभिन्न चर्चा आईरहेको बेला एउटा संयोग जुरेको छ ।
यी दुईबीच प्रेमको कुरा चलिरहेकै अवस्थामा विराटको स्वयंभर अनुष्कासँग भएको छ ।
आइपीएलको नयाँ सिजनमा बलिउड नायक साहरुख खानले उद्घाटनका क्रममा विराटलाई यूवतीहरुको तस्बिर देखाउँदै कोसँग स्वयंभर गर्ने भन्दै प्रश्न गरेका थिए ।
त्यसमा विराटले अनुष्काको तस्बिर रोजेपछि साहरुखले विराटको स्वयंभर गराइदिएका हुन् ।
विराटले अनुष्कासँगको प्रेम सम्बन्ध रमाइलो अवस्थामै भएतापनि स्विकार गरेपछि यो जोडीको प्रेम चर्चा झनै चुलिएको छ ।
प्रकाशित मिति:
April 17, 2014