नर्बेली दूतावासले कनकमणि प्रकरणबारे छानबिन गर्ने
वैशाख ५ । व्यवस्थापिका संसदमा नर्वेजियन राजदूतावासद्धारा बाडिएको पैसा कनकमणि दीक्षितले शान्ति प्रक्रिया भाड्न प्रयोग गरेको भनेर एमाओवादीले कुरा उठाएपछि नर्वेली दूतावासले छानबिन गर्ने भएको छ ।
शुक्रबार बिहान एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नर्वेली राजदूत क्लिजल टोरमोड पिटरसन प्रचण्ड निवास लाजिम्पाटमा भएको भेटमा राजदूतले अनुसन्धान गर्ने बताएका हुन् ।
नर्वे सरकार नेपालको शान्ति प्रक्रिया बिथोल्ने पक्षमा नभएको भन्दै राजदूत पिटरसनले आफूहरुले हिमाल पत्रिकालाई दिएको सहयोग दुरुपयोग भएको रहेछ भने त्यसमा अनुसन्धान गर्ने जनाएको बताइएको छ । राजदूतले उक्त सहयोग नर्बे सरकारले दिएको नभएर दूतावासले हिमाल पत्रिकाका लागि प्रदान गरेको बताएका थिए ।
भेटमा प्रचण्डले नेपालको शान्ति प्रक्रियामा सकारात्मक रहेको आफूलाई विश्वास भए पनि त्यहाँबाट प्राप्त हुने सहयोगलाई नेपालका केही व्यक्तिले शान्ति प्रक्रिया भाँड्ने कार्यमा दुरुपयोग गरेको भन्दै त्यसमा सतर्क हुन राजदूतको ध्यानाकर्षण गराएका थिए ।
आजै बिहान अमेरिकी राजदूत पिटर डब्ल्यु बोडे र अध्यक्ष प्रचण्डबीच पनि भेट भएको छ । नर्वेली राजदूत भन्दा अगाडी उनी प्रचण्ड निवास पुगेका थिए । भेटमा बोडेले सत्यनिरुपण तथा मेलमिलाप आयोगमा अन्तरराष्ट्रिय कानूनको मापदण्डका विषयमा जोड दिएका थिए ।
प्रकाशित मिति:
April 18, 2014