सत्य निरुपण र बेपत्ता छानविन आयोग संसदमा पेश
वैशाख ५ । द्धन्द्धकालका घटनामा आधारित सत्य निरुपण र बेपत्ता छानविन आयोग गठनसम्वन्धी अध्यादेश संसदमा पेश भएको छ।
२ दिनसम्म संसद बैठक अवरुद्ध पछि शुक्रबार बसेको बैठकमा विधेयक पेस भएको हो । कानून मन्त्री नरहरि आचार्यलाई बेपत्ता भएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग विधेयक संसदमा पेश गरेका हुन् ।
मन्त्री आचार्यले पेश गरेको प्रस्तावका विरुद्ध कुनै उजूरी नपरेको कारण प्रस्ताव स्वीकार गर्दै संसदको अर्को बैठक आगामी आइतबार दिनको दुई बजेसम्मका लागि स्थगित भएको छ।
संविधानसभा अर्न्तगतका संबैधानिक राजनीतिक संबाद समितिको बैठक आज नै बस्ने तालिकाका कारण आजको संसद ५ मिनेट मात्रै बसेको हो ।
प्रकाशित मिति:
April 18, 2014