पूर्वराजा ज्ञानेन्दले गरे कुम्भमेलामा स्नान
बैशाख २ । पूर्व राजा ज्ञानेन्द्र शाह पुन सक्रिय बन्न थालेका छन् । लामो समय गुमनाम जस्तै रहेका शाह अहिले धार्मिक भ्रमणमा निस्किएका छन् । उनले सुनसरीको बराहक्षेत्रमा सञ्चालन भइरहेको महाकुम्भ मेलामा मंगलबार स्नान गरेका छन् । स्नान गर्न पुगेका पूर्वराजा शाहलाई राजभक्त सर्वसाधारण र धार्मिक गुरुले भव्य स्वागत गरेका थिए । हात्ती, घोडा र बाजागाजासहित भव्यरुपमा ज्ञानेन्द्र र नाङ्गाबाबाले छुट्टा छुट्टै स्थानमा स्नान गरेका थिए ।
अघि नै कुम्भ मेलामा स्नान गर्न राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीपरिषदका पूर्व अध्यक्षसहित पुगिसकेका छन् । बराहक्षेत्रस्थित कोका र कौशिकी नदीको संगमस्थल रहेको सप्तकोशी नदीमा स्नान गर्न शाहविहानै पुगेका थिए । उनले कुम्भमेला अन्तर्गत दोस्रो महाकुम्भ स्नानको रिवन काटेर उद्घाटनसमेत गरेका थिए । शाहले हिन्दु धर्म विश्वकै महान र उदार धर्म भएको त्यहाँ बताए । हिन्दू धर्मले राष्ट्र, समाज एवं सामाजिक सदभाव तथा राष्ट्रिय आस्था र आवश्यकतालाई उजागर गर्नुका साथै राष्ट्रको अखण्डता, एकता, सहिष्णुता तथा सामाजिक सद्भावनालाई अभिबृद्धि महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनको दावी थियो ।
प्रकाशित मिति:
April 15, 2014