गुण्डा नइके धमाधम प्रहरी फन्दामा
बैशाख २ । राजनीतिक आवरणमा गुण्डागर्दी गरी धम्की दिएर चन्दा असुली गरेको अरोपमा गुण्डा नाइके गणेश लामालाई पक्राउ गरेको केही दिनपनि वित्न नपाउँदै ्प्रहरीले अर्का गुण्डा नाइके अभिषेक गिरीलाई काठमाडौंबाट पक्राउ गरेको छ । गुण्डा गर्दी गर्ने, होटल व्यवसायीलाई धम्क्याएर रकम माग्नेलगाएतको उजुरी परेपछि महानगरीय प्रहरी बृत्त गौशालाको टोलीले उनलाई सोमबार राती उनलाई प्रक्राउ गरेको हो । गिरीलाई गौशालाबाट पक्राउ गरिएको महानरीय प्रहरी परिसर हनुमानढोकाले जानकारी दिएको छ ।
उनलाई जिल्ला प्रशासन कार्यालय बबरमहलमा पेश गरी केही सार्वजनिक अपराध तथा सजाय ऐन अन्तर्गत मुद्धामा म्याद थप अनुमति लिएको छ । उनीविरुद्ध विशेष अदालतमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा दायर गरेको छ । मोरङ्ग विराटनगर १२ घर भएका ३६ वर्षका गिरी हाल ललितपुरको कुपण्डोलमा बस्दै आएका थिए ।
लामालाई केही दिन अघि महानगरीय प्रहरी परिसर हनुमानढोकाले अपरान्ह सिनामंगलबाट पक्राउ गरेको थियो । लामा छिल्लो समय आफैं घटनामा सामेल नहुने तर गुण्डा परिचालन गरेर अवैध रूपमा पैसा असुल्ने धन्दामा सक्रिय थिए ।
लामाले आफ्ना सहयागी परिचालन गरी विभिन्न सरकारी तथा गैरसरकारी संस्थाको ठेक्कापट्टाका ठेकेदारलाई समेत धम्क्याएर पैसा असुली गरेको उजुरी प्रहरीलाई आएपछि पक्राउ गरिएको प्रहरीले जानकारी दिएको थियो । एसएसपी रमेश खरेल काठमाडौं प्रमुख भएपछि गुण्डा नायिकेलाई धमाधम पक्राउँ गर्दै आएका छन् । गुण्डा ऐनमा गुण्डा भनेर पक्राउ गरिसकेपछि कम्तिमा तीन वर्षसम्म कैद राख्ने व्यवस्था गरिएको छ।

प्रकाशित मिति:
April 15, 2014