फुजेल घटनालाई लिएर एमाओवादी बैठकमा गएन
बैशाख २ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार बसेको सर्वदलीय बैठक बिना निष्कर्ष टुङगिएको छ । मन्त्रिपरिषदबाट मनोनीत गरिने २६ जना र विभिन्न संसदीय समितिका सभापति चयननगाएतको बारेमा छलफल गर्न बसेको उक्त बैठक प्रमुख विपक्षी दल एमाओवादी नआएपछि बिना निश्कर्ष टुङ्गिएको हो । गोरखा फुजेलका कृष्ण अधिकारी हत्यामा संलग्न भएको आरोपमा आफ्ना कार्यकर्ता विरुद्ध मुद्दा दायर गरिएको भन्दै एमाओवादी सर्वदलीय बैठकमा सहभागी नभएको हो ।
बैठकमा नेपाली काङ्ग्रेस, एमाले, राप्रपा नेपाल, राष्ट्रिय जनमोर्चालगाएतका दल सहभागि भएका थिए । बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै कांग्रेस उपसभापति रामचन्द्र पौडेलल विपक्षी दलका समेत सहभागी गराएर अघि बढ्ने बताए । काङ्ग्रेसले फुजेल घटनाका दोषीमाथि कारवाही हुनुपर्ने अडान राख्दै आएको छ । ‘सरकार कानुनको सर्वमान्य सिद्धान्त अनुसार चल्छ,’ पौड्यालले भने । राप्रपा नेपालका अध्यक्ष कमल थापाले भने एमाओवादीले उठाएका विषयलाई प्रक्रियागत रुपमा समाधान नगरी बैठक अघि बढ्न नसक्ने जानकारी दिए । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले दलहरुका आ–आफ्नै अडानका कारण फेरि पनि संविधान बन्न नसक्ने भन्दै सरकार र ठूला दलको आलोचना गरे । बैठकमा केही दलहरुले सरकारलाई समर्थन गरेपनि आपूmहरुलाई सकारमा सहभागी नगराएको भन्दै गुनासो गरेका थिए ।
यसैबीच एमाओवादीले द्धन्द्धकालका घटनालाई ब्युँताएर आफ्ना पार्टीका नेता तथा कार्यकर्ताहरुलाई सरकारले फसाउन खोजेको आरोप लगाएको छ । फुजेल घटनामा सरकारसँग तिव्र असन्तुष्टि व्यक्त गर्दै आएको एमाओवादीले आन्दोलनको समेत घोषणा गरेको छ । एमाओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलवार बिहान बसेको बैठकले चितवनमा मुद्दा दर्ता गराइएका १३ कार्यकर्तामाथिको अभियोग फिर्ताको माग गर्दै प्रदर्शन गर्ने निर्णय गरेको हो । एमाओवादीले सत्यनिरुपण तथा मेलमिलाप आयोग गठन गरी समाधान गर्नुपर्ने मुद्दाहरुलाई अदालत पु¥याइएको भन्दै वैद्य माओवादी समेत समेटेर आन्दोलन गर्ने जनाएको छ । उक्त घटनाका सम्वन्धमा दुईदल नजिक छन् । प्रधानमन्त्रीले आह्वान गरेको सर्वदलीय बैठक बहिष्कारलाई पनि एमाओवादीले आफ्नो आन्दोलनको कार्यक्रम भनेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार डाकिएको तीन दलको बैठकमा पुगेका एमाओवादी नेताहरु सोही मुद्दालाई लिए छलफलमा सहभागी नभइ बाहिरिएका थिए ।
प्रकाशित मिति:
April 15, 2014