बाँदरले हैरान पारो सिडियो साप, मार्दिनु परो भन्दै किसानको हूल प्रशासनमा
मन्थली, वैशाख ३ - उजुरी पनि कस्ता कस्ता ? रामेछापको सुनारपानीका किसानले जिल्ला प्रशासनमा गरेको उजुरी यस्तो छ, 'बाँदरले हैरान पारो सिडियो साप, मार्दिनु परो ।'
उजुरी गर्न आएका किसानले बारीमा खेती लगाउने मेलो छाडेर वर्षौंदेखिको शत्रु विनाशका लागि सरकार गुहार्न बाध्य भएको बताए । सुनारपानी, कठजोर, सालु र मन्थलीका ती किसानले प्रजिअलाई आफ्ना समस्यामा गम्भीर भइदिन आग्रह गरे । बाँदरले हैरान बनाएपछि चारै गाविसका सयौं किसान हूल बाँधेर प्रशासनमा आएको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।
उनीहरूले बालीनाली सखाप पार्ने बाँदर जहाँ भेट्यो, त्यहीं मार्ने आदेशको पनि माग गरे । प्रजिअले मार्नेभन्दा पनि अरू विधिबाट नियन्त्रणको उपाय खोज्नतर्फ लाग्ने बताए । बन्ध्याकरण गरेर बाँदरको संख्या घटाउनेबारे पशु प्राविधिकसँग छलफल गरी टुंगोमा पुग्ने उनले जनाए । 'सिडियो सापले कुनै न कुनै विधि अपनाएर नियन्त्रण प्रयास थाल्ने बताउनुभएको छ,' स्थानीय सावित्रा श्रेष्ठले भनिन्, केही दिन बाटो हेर्ने निधो गरेका छौं ।'
तत्काल नियन्त्रण नगर्ने हो भने अब बाँदरलाई गाउँ छाडेर बसाइँ हिँड्नुपर्ने अवस्था आएको श्रेष्ठले गुनसो गरिन् । सारा काम छाडेर कुर्न बसे पनि बालीनाली जोगाउन नसकिएको सुनारपानीका राते नेपालीले बताए । 'एकातिरबाट धपायो अर्कोतिर पसेर खाइजान्छ,' उनले भने, 'कति कुद्नु आफैंलाई मार्ला भन्ने पीर ।'
सुनारपानीको सल्लेनी वन आसपास बास बस्ने सयौं राता बाँदरका हूल पसेपछि एकै दिन गाउँभर विनाश मच्च्ााउँछ । 'दुःख दिन थालेको २५ वर्ष भयो,' कठजोरका मुकुन्द केसीले भने, 'पछिल्ला केही वर्षमा त अन्न घरमा हुल्नै नपाइने भो ।'
बाँदर रुँघ्न किसानले बारीकान्लामा गोठ बनाएका छन् । कतिपयले कुकुर पालेका छन् । तर पनि कमैले मात्र आफूले फलाएको अन्न घरमा लान पाउँछन् । 'घरभित्रै पसेर पनि लगिदिन्छ,' सालुकी नानीमैया काफ्लेले भनिन् ।

प्रकाशित मिति:
April 16, 2014