विमान अपहरण काण्डमा प्रधानमन्त्री कोइरालाविरुद्ध मुद्धा चलाउँछौं : रायमाझी
बैशाख ३ । एमाओवादी नेता टोपबहादुर रायमाझीले विमान अपहरण काण्डमा प्रधानमन्त्री सुशील कोइरालाविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दायर गर्ने चेतावनी दिएका छन् ।
कृष्णप्रसाद अधिकारी हत्याकाण्डको आरोपमा आफ्ना कार्यकर्ताहरुमाथि मुद्धा लगाउँदै सरकारले पक्राउ गरेपछि मुद्धा फिर्ता नलिए प्रधानमन्त्रीका विरुद्ध पनि मुद्धा चलाउने चेतावनी माओवादीले दिएको हो ।
कृष्णप्रसाद अधिकारी हत्याकाण्डमा ११ जना माओवादी कार्यकर्तामाथि झुठा मुद्दा लगाइएको छ,’ राजधानीमा मंगलबार भएको साक्षात्कारमा उनले भने, ‘उनीहरुवीरुद्धको मुद्दा तत्काल फिर्ता लिएर नछाडे सरकारमा रहेका कुनै पनि दललाई हामि बाँकी राख्दैनौ सबैका विरुद्ध मुद्दा दायर गर्छौं ।’
रायमाझीले २०३० सालमा भएको विमान अपहरण काण्डमा प्रधानमन्त्री सुशील कोइराला, झापा आन्दोलनको बेला एमालेका नेताहरुले गरेको हत्या, राजा र राजका मतियारविरुद्ध मुद्दा दायर गर्ने चेतावनी दिए ।
प्रकाशित मिति:
April 16, 2014