प्रचण्डपुत्र प्रकाश दाहाल कार दुर्घटनामा घाइते
वैशाख ३ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाश चढेको कार दुर्घटना भएको छ ।
मंगलबार बेलुका प्रकाश चढेको कार बर्दियामा दुर्घटना हुँदा उनी घाइते भएका छन् । उनको अवस्था भने खुलाइएको छैन । तर परिवार स्रोतले भने उनी सामान्य घाइते भएको बताएको छ ।
पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्र्तगत बर्दियाको शैनवार पोष्ट र बबई पोष्ट बीचमापर्ने बबईको परेवा ओडार पोष्ट नजिकै हिजो साँझ उनी सवार कार दुर्घटना हुँदा कार क्षतग्रस्त भएको छ । दुर्घटनापछि बर्दिया राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको टोलीले प्रकाशसहितका घाइतेहरुलाई उद्दार गरेको सुरक्षा स्रोतले जनाएको छ ।
कारमा प्रकाशसँगै मिलन डाँगी र मुकेश दराई पनि सवार रहेको र दराईको भने मेडिकल कलेज कोहलपुरमा उपचारपछि डिस्चार्ज गरिएको बताइएको छ ।
तीव्र गतिको कारण चालकले गाडी नियन्त्रणमा लिन नसक्दा दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ ।

प्रकाशित मिति:
April 16, 2014