नागरिक समाजद्धारा स्थानिय विकास अधिकारीको ध्यानार्कषण
दिप बहादुर घर्ति
जाजरकोट ३ वैशाख । जाजरकोट नागरिक समाज जिल्ला समन्वय समितिले मंगलवार लिखीत रुपमा स्थानिय विकास अधिकारीको ध्यानाकर्षण गराएको छ । जिल्लाको दुर्गम गाविसमा रहेको खोलाको पूल मर्मत गर्नु पर्ने बिषयलाई लिएर लिखित रुपमा ध्यानाकर्षण गराईएको हो ।
दह गाविस वडा नं. ८ र कोर्तांग गाविस वडा नं. ५ को वीचमा पर्ने चोत्रावोटमा रहेको झोलुंगेपूल अति जीर्ण अवस्थामा रहेको छ । उक्त जिर्ण अबस्थाको पुल मर्मत गर्नलाई जिल्लाको एक मात्र जिम्मेवार निकाय जिल्ला विकास समितिको कार्यालय भएको हुदा तत्काल पुल मर्मत गरिनु पर्ने भन्दै नागरिक समाज जिल्ला समन्वय समितिले स्थानिय विकास अधिकारीको ध्यानआकर्षण गराएको हो । राज्यसंग पहुँच पुर्याउन नसकिरहेका नागरिकहरु प्रर्तिको उत्तरदायी संस्था नागरिक समाज भएको भन्दै वकालत गर्ने जिम्मा आफ्नो भएको नागरिक समाज जाजरकोटका संयोजक राजेन्द्र विक्रम शाहले बताए ।
लिखित ध्यानाकर्षण पत्रमा कतिपय यात्रुहरुले जोखिमपूर्ण रुपमा आवागमन गरिरहेको र कतिपय यात्रुहरुले ठूलो खोला तरेर वारपार गर्नु परेको अवस्था विद्यमान छ । यस विषयमा जिल्ला विकास समितिको गंभीर ध्यानाकर्षण गराई विगतका जिल्ला परिषदहरुवाट पारीत भएकोमा समेत हाल सम्म पूल मर्मत नभएकाले अप्ठेरो परेको हुंदा तत्काल पूल मर्मतको माग सम्वोधन गर्न स्थानीय समुदायले माग गरेका छन् भनिएको छ ।
ध्यानाकर्षण पत्रलाई बुझ्दै समय सान्दर्भिक बिषयका रुपमा उठाईएको सवाललाई हृदय देखिनै ग्रहन गरिएको र तत्काल प्राविधिक पठाई प्राविधिक रिर्पोटका आधारमा वजेट व्यवस्थापन गरि उक्त पुल मर्मत गर्ने स्थानिय विकास अधिकारी चक्र बहादुर वुढाले वताए । उनीले जन प्रतिनीधी रिक्त अवस्था भएको र जिविस वोर्ड भन्दा पनि दलिए सहमतिका आधारमा विकास निर्माणका आयोजनाहरु छनौट गरिने भएको हुदा तर्कवाज दल रदलका नेता भएको स्थानहरुले प्राथमिकता पाई राखेको छ, भने ।
दँह र कोर्ताङ्ग २ गाविसका मान्छेहरुको आवत जावतका रुपमा धेरै प्रयोग गरिने उक्त पुलका फल्याक फेर्नका लागी २०६४ सालमा पश्चिम उच्च पहाडी गरिवी निवारण आयोजनाले ९० हजार रुपैया विनियोजित गरि उपभोक्ता मार्फत मर्मत गरेको थियो । ६४ देखि हाल सम्म त्यस पुल मर्मतका लागी ध्यान कसैको जान सकिरहेको छैन । महिला स्कुले वालवालीकाहरुले यात्रा गर्नलाई निकै ठुलो जोखिमता उठाउनु परिरहेको छ ।
फोटो चोर्तावोटमा भएको झोलुङ्गे पुलको अबस्था ।
प्रकाशित मिति:
April 16, 2014