• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, News » युवतीलाई झुक्याएर यौन शोषण गर्ने युवालाई २ वर्ष जेल
युवतीलाई झुक्याएर यौन शोषण गर्ने युवालाई २ वर्ष जेल

जेठ ७ । चितवनमा एक युवतीलाई झुक्याएर यौन शोषण गर्ने युवालाई २ वर्ष जेल तोकिएको छ ।

एक रेडियोमा सञ्चालित फोनिङ कार्यक्रममा नम्बर दिएकी एक युवतीलाई फोन गरी झुक्याएर सम्बन्ध गाँसेको उजुरीका आधारमा पक्राउ परेका चितवनकै कोराक १ का ३७ वर्षीय सागर तामाङ भनिने सिमसोन चेपाङलाई उक्त सजाए सुनाइएको हो ।

यौन शोषणमा परेकी युवतीले जिल्ला अदालतमा ०७० भदौ ६ गत्ते मद्दा दायर गरेकी थिइन् । अदालतले ९ महिनापछि मंगलवर मद्दाको फैसला गरेको छ । न्यायाधीश विनोदमोहन आचार्यको इजलाशले मानव बेचबिखन तथा ओसार पसार ऐन ०६४ को दफा ३ (१) एंव ४ (२) (ख) बमोजिम यौन शोषण कसुर गरेको ठहर्दै उक्त ऐनको दफा १५ (१) को (च) बमोजिम २ बर्ष कैद सजाए सुनाएको हो ।

त्यस्तै उक्त ऐनको दफा १७ (१) बमोजिम ५० हजार जाहेरीवालीलाई क्षतिपुर्ति दिने फैसला सुनाएको छ । उक्त घटनामा संलग्न रहेका अर्का अभियुक्त असिमकुमार चेपाङ भने फरार छन् ।

प्रकाशित मिति: May 21, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • 19 killed as Sita Air crashes minutes after take-off
  • महानायक हमाल राप्रपामा प्रवेश गर्लान त ?
  • Nepal defeat Malaysia to enter ACC Trophy final
  • पत्तै नदिई गायिका सेलेना गोमेज नेपालमा
गृह पृष्ठ |